जनता समाजवादी पार्टी (जसपा) नेपाल औपचारिक रुपमा विभाजित भएको छ ।
पार्टी नेता महन्थ ठाकुर समूहले जनता समाजवादी पार्टी लोकतान्त्रिक नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि जसपा औपचारिक रुपमा बिभाजित भएको हो । २४ जना कार्यकारिणी सदस्यको हस्ताक्षरसहित ठाकुर समूहले आयोगमा निवेदन दिएको हो ।
दल दर्ता गरी साइकल चुनाव चिह्न दिन उनीहरुले माग गरेका छन् । आफूहरुको पक्षमा १५ जना संसद रहेको जानकारी दिँदै नेता राजेन्द्र महतोले झण्डा तीन रंगको रहने बताए । उनले अहिले आफुहरु प्रतिपक्षीमा नै रहने जिकिर गरे । जसपाभित्र अर्को पक्ष एजेण्डाबिहीन बाटोमा अघि बढेकाले आफुले अर्को दल दर्ता गरेको उनको भनाई छ ।......
केपी ओली नेतृत्वको सरकारलाई हेर्ने दृष्टिकोणमा विभाजित भएपछि जसपा विभाजित भएको थियो । दुई अध्यक्ष रहेको पार्टीका निर्वाचन आयोगले उपेन्द्र यादव नेतृत्वको समूहलाई मान्यता दिएपछि ठाकुर समूह दलविहीन भएको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय