हिमाल दैनिक
सभामुख सापकोटालाई भेट्न नपाएपछि छट्पटाएका एमाले सांसदहरु
khagraj
नेकपा एमालेले माधवकुमार नेपाल सहितका १४ सांसदलाई तत्काल पदमुक्त गराउन निरन्तर दवाव दिएको छ । शुक्रबार एमालेका सचेतक शान्ता चौधरी, सांसद खगराज अधिकारी, गोकुल बाँस्कोटा, लालबाबु पण्डित, महेश बस्नेत, नवराज सिलवाल लगायत सभामुखको कार्यकक्षमा पुगेर पदमुक्त गरिएको सूचना टाँस गर्न दवाव दिएका हुन् । कारवाही अघि नवढाएको भन्दै उनीहरुले सभामुख अग्नि सापकोटासंग भेट्न खोजेका थिए । तर सभामुख सापकोटा नआएपछि उनीहरु फर्किएका थिए । एमालेले केही दिन अघि कारबाही गरेका १४ सांसदको नाम टाँस नगरेको भन्दै पुन ध्यानकर्षण गर्न आएको तर सभामुख नआएपछि फोनबाटै कारवाहीको प्रक्रिया अघि बढाउन भनेको सचेतक चौधरीले बताईन । सभामुखले आफहरुसंग फेस गर्न नचाहेको र भागेको महशुस भएको उनले बताईन । उनले सभामुख दलको कार्यकर्ता नभएको र संस्था भएको भन्दै पदको मर्यादा भूल्न नहुने जिकिर गरिन् । यसअघि शुक्रबार पनि सभामुखको कार्यकक्षमा पुगेर नेकपा एमालेका सांसदहरूले उनीहरुको सांसद पद खारेज गर्न दवाव दिएका थिए । सुचना टाँस नभएसम्म दवावको कार्यक्रम जारी राख्ने चौधरीले बताईन । नेपाल पक्षकै केही सांसदहरूले पनि यसअघि नै कारबाही रोक्नका लागि सभामुखलाई पत्र दिइसकेका छन् ।  
प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update