इटालियन सिरिए ए मा युभेन्टस बराबरीमा रोकिएको छ । डासिया एरिना उडिनमा भएको नयाँ सिजनको पहिलो खेलमा युभेन्टस उडिनेजेसँग २-२ गोल अन्तरको बराबरी खेलेको हो ।
खेल सुरु भएको ५ औं मिनेटमा रोड्रिगो बेन्टानकरको पासमा पाउलो डिबालाले गोल गर्दै आफ्नो टिमलाइ अग्रता दिलाएका थिए । त्यस्तै खेलको २३ औं मिनेटमा डिबालाको पासमा जुआन कोर्डाडाले गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमा दुई गोलको अग्रता लिएको युभेन्टसले दोश्रो हाफमा सो अग्रता कायम गर्न सकेन ।
खेलको ५१ औं मिनेटमा पेनाल्टी उडिनेजेले पाएको थियो जसलाई रोबर्टाे पेरेराले सदुपयोग गर्दै खेलमा कम्ब्याक गरे ।
खेलको ८३ औं मिनेटमा जेरार्ड डिलोफिउले गोल गर्दै खेललाई बराबरीमा पुराए । गोल किप्पर सिजेस्नीको गल्तीमा डिलोफिउले स्टेफानो ओकाका चुकाको पासमा गोल गर्दै खेल बराबरीमा पुराएका थिए ।
खेलको इन्जुरी समयमा युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको गोलले भने मान्यता पाउन सकेन । रोनाल्डोले फेडरिको चिइसाको क्रसमा हेडरमार्फत गोल गरेका थिए । तर, भिएआरले उक्त गोल खारेज गरेपछि युभेन्टस बराबरीमा रोकिएको थियो। रोनाल्डो खेलको ६० औं मिनेटमा अल्भारो मोराटाको स्थानमा मैदान छिरेका थिए। यससंगै दुवै टिमले १ अंक बटुलेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय