नेपाली कांग्रेस क्रियाशील विवाद समाधानका लागि पार्टीले जिम्मा दिएको तीन सदस्य समाधान कार्यदलले आज सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरिराखेको छ । पछिल्लो समय कांग्रेसको १४ औं महाअधिवेशनका लागि प्रमुख आधारको रुपमा मानिएको क्रियाशील विवाद करिब करिब टुंगोमा पुगेको हो ।
पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, सदस्यद्वय मीनेन्द्र रिजाल र रमेश लेखकसंग्लग्न कार्यदलले आइतबार मात्र क्रियाशील सदस्यताको विवाद समाधान गरि टुंगो लगाएको कार्यदलका सदस्य लेखकले जानकारी दिए।
लेखकका अनुसार विवाद सदस्यहरुको बिषयमा कार्यदलले एउटा सहमति कायम गर्दै प्रतिवेदनसहित आज नै उक्त प्रतिवेदन सभापतिलाई बुझाउने तयारी गरिराखेको छ ।
कार्यदलका संग्लग्न एक नेताका अनुसार बारा, सपतरी, सिन्धुपालचोक लगायतका प्रमुख विवादित जिल्लाको क्रियाशीलता बारे नविकरण वा समायोजनमा जटिल विवाद भएका सदस्यहरुको बिषयमा बाहेक अन्य सदस्यहरुको बिषयमा कार्यदलले नामावली टुंगो लगाएको हो । यसरी टुंगो लगाएका कतिपय जिल्ला र कतिपय वडाहरुमा बेग्लाबेग्लै मापदण्ड अपनाईएको छ । जसमा कतिपय वडामा पुरानै सदस्य र कतिपयमा समायोजनमा आएका नयाँ क्रियाशील सदस्यहरुको संलग्नता आगामी महाधिबेशनमा गर्न दिने गरि टुंगो लगाइएको हो ।
केहि दिन अघि बसेको कांग्रेस केन्द्रिय समितिको बैठकले यस अघि भदौ १६ गतेबाट गर्ने भनिएको १४ औं महाधिबेशन मङ्सिरमा सार्दै वडा स्तरको अधिवेशन भदौ १८ गतेबाट सुरु गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय