हिमाल दैनिक
एक अर्बमा बिग्दै लियोनल मेस्सीको आँसु!
lionel-messi
केहि समय अघि मात्र अर्जेन्टिनाका स्टार खेलाडी स्पेनिस क्लब बार्सिलोनालाई छोडेका छन् । सन् २००५ देखि स्पेनिस लिग बार्सिलोनाबाट आबद्ध रहेका मेस्सी सन् २०२१ मा क्लब छोडेका थिए । क्लब छोड्नु अघि मेस्सीले पत्रकार सम्मेलनमार्फत क्लब छोड्ने घोषणा गरेका थिए । उक्त क्षणमा मेस्सी भावुक नै भएका थिए । तर, पछिल्लो समय उक्त पत्रकार सम्मेलन संग सम्बन्धित एउटा रोचक कुरा बाहिर आएको छ । पत्रकार सम्मेलनमा भावुक बनेका मेस्सीले आफ्नो आँसु पुछेको टिस्यु पेपर निलामी गर्ने बताइएको छ। meikeduo नामको वेबसाइटमा उक्त टिस्यु पेपरको निलामी गरिनेछ जसको मुल्य १ करोड डलर राखिएको छ । नेपाली मुद्रामा सो टिस्यु पेपर १,१८,८१ ,३४,००० रुपैयाँ हुनेछ। अन्तराष्ट्रिय संचार मध्यमका अनुसार मेस्सीले आफ्नो आँसु पुछेपछि फालिएको उक्त टिस्यु पेपर एक ब्यक्तिले डस्ट्बिनबाट निकालेका थिए । उनले टिस्यु बेच्नका लागि उनले कैयौ वेबसाइटमा बिज्ञापन दिएर उच्च मूल्यको माग गरेका थिए । करिब २१ बर्षसम्म एउटा क्लबमा आबद्ध रहेका मेस्सीका फ्यान सहित सबै फुटबल प्रेमीलाई यो निकै भावुक क्षण रहेको थियो । अहिले मेस्सी फ्रेन्च क्लब सेन्ट-जर्मेनसंग दुई बर्षका लागि अनुबन्ध भएका हुन् । मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टिमका कप्तान पनि हुन् जसको नेतृत्वमा यस बर्षको कोपा अमेरिकाको ट्रफी हात परेको थियो ।  
प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update