हिमाल दैनिक
नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेस नेतृत्वको सरकारले जनताका लागि काम गर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महतले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा बहुमतसहित सरकारमा आएपनि सरकारको नेतृत्व गरेको व्यक्तिले कामभन्दा बढि गफ गरेको भन्दै कांग्रेसले जनताका लागि काम गर्ने बताएका हुन् । अहिले कांग्रेको सरकारले यसअघिको सरकारले बिगारेको राजनीतिलाई सही ट्रयाकमा ल्याएको उनले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडबाट देश र जनतालाई बचाउने भनेर सार्वजनिक रुपमै प्रतिबद्धता व्यक्त गरेको उनको भनाई छ । उनले संस्थागत भ्रष्टाचारको अन्त्य र व्यक्तिगत लोभलालच पनि गलत हो भनेर देखाउनले र साधन र स्रोतले भ्याएसम्म काम गर्ने बताए । महतले नेपाली काँग्रेसले निर्वाचनबाट एकल पूर्ण बहुमतका साथ सरकार बनाउन सक्ने हैसियत राख्ने दावी गरे । कार्यक्रममा डिबी गुरुङको रचना, संगीत तथा स्वर रहेको ‘आयौं हामी चारतारे बोकेर, जय नेपालको सलाम ठोकेर’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update