हिमाल दैनिक
नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ। नेकपा एमालेले पार्टी एकताका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयन गर्ने बिषयमा छलफल गर्न आज स्थायी कमिटी बैठक बोलाएको हो । यस अघि हिजो एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको एमालेका नेता र तेस्रो धारमा उभिएका नेताहरुबीचको छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति गर्ने निर्णय भएको थियो । जस अनुरुप आज स्थायी कमिटि बैठक बस्दैछ । आजको बैठकमा तेश्रो धारका नेताहरु पनि सहभागी हुनेछन् । माधव नेपाल पक्षको अर्कै पार्टी दर्ता गर्ने प्रक्रियामा रहेकाले अव अन्य नेताहरुलाई एमालेमा नै आउन आह्वान गरिएको प्रवक्ता प्रदिप ज्ञवालीले बताए । उनले स्थायी कमिटीले दल दर्ता रोक्दै एकताका लागि आह्वान समेत गर्ने बताएका थिए । त्यस्तै तेश्रो धारमा उभिएका नेता योगेश भट्टराईले पार्टीलाई समान व्यहार गर्ने र पुरानै जिम्मेवारी दिने तथा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति गर्दै पार्टीलाई एकतावद्ध गर्ने बिषयमा सहमति भएको बताएका थिए । स्थायी कमिटी मार्फत नै १० बुँदे सहमति कार्यान्वयनको बाटो तयर गर्ने र केन्द्रीय कमिटी बोलाउने सहमति पनि भएको उनले बताए । बैठकमा अध्यक्ष ओलीले मुलुकको राष्ट्रिय राजनीतिमा उत्पन्न जटिलता, संविधानको अपव्याख्या गर्दै मुलुकलाई पश्चगमनतर्फ लैजाने षडयन्त्र भइरहेको बताएका थिए । मुलुकलाई पश्चगमनबाट जोगाउनका लागि पनि एमाले एकतावद्ध हुनुपर्नेमा ओलीको जोड रहेको थियो । हिजोको बैठकमा एमाले उपाध्यक्ष भीम रावल, उप महासचिव घनश्याभ भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे लगाएतका नेताहरु ओलीसंग छलफल गर्न बालकोट पुगेका थिए ।
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update