हिमाल दैनिक
नेकपा एमालेको स्थायी कमिटिको ३ बजेका लागि सारिएको छ । आज बिहान ११ बजे बस्ने भनेको स्थायी कमिटिको बैठक आवश्यक तयारी नपुगेको भन्दै ४ घण्टा पछि सारिएको हो । आजको बैठकमा एकताका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयन गर्ने बिषयमा छलफल गर्न बताइएको छ । यस अघि हिजो एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको एमालेका नेता र तेस्रो धारमा उभिएका नेताहरुबीचको छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति गर्ने निर्णय भएको थियो । जस अनुरुप आज स्थायी कमिटि बैठक बस्दैछ ।
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update