हिमाल दैनिक
एकताको च्याप्टर क्लोज गरेका छैनौँ: नेपाल
madhav-kumar-nepal
प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले एकलौटी पार्टी कब्जा गरिसकेपछि नयाँ पार्टी खोल्नेबाहेक अर्को विकल्प नदेखिएको बताएका छन् । काठमाडौंको चन्द्रागिरि रिसोर्टमा बसेको प्रस्तावित पार्टीको छलफलका बिषयमा मंगलबार सञ्चारकर्मीलाई जानकारी गराउदै नेपालले एकता नाममा पार्टी कव्जा गर्ने स्पष्ट नियत ओलीको देखिएकाले आफुहरुले नयाँ बिकल्प रोजेको बताएका हुन् । नेपालले एकता मिलाउने नाममा आफूहरूलाई घर न घाटको बनाउन खोजिएको तर्क गरे । उनले नयाँ पार्टी गठन भए पनि एकता हुन सक्ने धारणा राखे । पार्टी निर्माणको प्रक्रिया अघि बढिसकेकाले अब केपी ओलीको दक्षिणपन्थी कित्ता एकातिर र क्रान्तिकारीहरु अर्कातिर पुगेको बताए । https://youtu.be/fM5giDlGdUw अन्य वामपन्थीहरूसँग चुनावी तालमेल पनि हुने र समाजवादको दिशामा अघि बढ्नका लागि भ्रष्टाचारलाई निर्मूल पार्न अघि बढ्ने उनले बताए । तेश्रो धारमा उभिएका नेताहरुप्रति लक्षित गर्दै उनले जेष्ठ दुई गतेका बारेमा चलाइएको चर्चा एमालेमा छिर्ने बहाना मात्र भएको स्पष्ट पारे । त्यस्तै नेपालले आफ्नै सहमतिमा अष्टलक्ष्मी शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री बनेको भन्दै उनले रोज्ने दलका बिषयमा भन्ने शाक्यमा नै भर पर्ने जिकिर गरे । नेपालले सनाखतमा लागि २० प्रतिशत भन्दा बढी केन्द्रीय कमिटी र सांसद निर्वाचन आयोगमा जाने दावी गरे । यसबीचमा आफ्नो नयाँ दलप्रति भ्रम फैलाउने काम पनि गरिएको उनले बताए । उनले नयाँ पार्टीको बिधि बिधानका बारेमा ठण्डा दिमागले छलफल गर्न चन्द्रागिरीमा बैठक राखिएको तर्क गरे ।
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update