नेपाली कांग्रेसले पटक पटक सार्दै अन्तिम पटक तय गरेको महाधिवेशनकै कार्यतालिकासँग जुध्नेगरी नेकपा एमालेले पनि आफ्नो महाधिवेशनको कार्यतालिका तय गरेको छ।
साउन ३० गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीैको १४औं महाधिवेशन मंसिर ९ देखि १३ गते काठमाडौंमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हप्ता दिनपछि मंगलबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरमा बसेको ओली पक्षिय स्थायी कमिटी बैठकले पार्टीको १०औं महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म काठमाडौंमै गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो।
क्रियाशील सदस्यता विवादका कारण अधिवेशनको कार्यतालिका प्रभावित हुँदै गएको कांग्रेस अधिवेशनको सम्भावना सोमबार विवाद समाधान कार्यदलले टुंगो लगाएपछि अनिश्चितता टर्दै गएको थिए।
तर, आन्तरिक विवाद र विभाजनको चपेटामा परेको एमाले स्थायी कमिटी बैठकले विधान अधिवेशन असोज ४ देखि ६ गते र पार्टी अधिवेशन मंसिरमा कांग्रेसकै अधिवेशनको समयमा जुधाएको हो।
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय