हिमाल दैनिक
नेपाल र ठाकुरको भविष्य आज तय हुँदै
mahdav-nepal-mahanth-thakur
निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि आज बोलाएको छ । सरकारले दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याएपछि दुबै दललाई नयाँ पार्टी गठनका लागि बाटो खुलेको संगै माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले २ भाद्र गते आयोग गरेर नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । आज आयोगले दुबै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ । विहान ११ः३० देखि दिउँसो २ः०० बजेसम्म आयोगमा गएर नेताहरुले सनाखत गर्नुपर्नेछ । त्यस्तै आयोगले आवश्यक प्रक्रिया पुर्‍याएर आजै दर्ता गर्ने तयारी गरिराखेको छ । आज नेपाल समुहले कुल ४१ जना सदस्य पुराउनुपर्नेछ। अध्यादेश अनुसार संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने प्रावधान रहेको छ । जसअनुसार एमालेको केन्द्रीय कमिटीको कुल २ सय ३ संख्या रहेको छ र नेपाललाई नयाँ दल दर्ता गर्न कुल ४१ सदस्य आवश्यक रहेको छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नामको दलमा ३१ जना कार्यकारिणी सदस्यको नाम बुझाइएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update