हिमाल दैनिक
शेरबहादुरजीले सोध्नुहुन्छ भने हामी सरकारमा जाने विषयमा कुरा गर्छौ: अध्यक्ष ठाकुर
lopsa-mahanta-thakur-rajendra-mahato
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारको जाने विषयमा अहिले कुनै कुराकानी नै नभएको बताएका छन् । शुक्रबार काठमाडौंको बबरमहलमा नयाँ पार्टीको कार्यालय उद्घाटन गर्दै अध्यक्ष ठाकुरले आफुहरुको पार्टी भर्खरै दर्ता भएको भन्दै अहिले नै सरकारमा जाने बिषयमा कुनै कुराकानी नभएको बताएका हुन् । उनले सरकारलाई आफुहरुको समर्थन रहेको भन्दै सरकारले आफुहरुको जायज मागलाई सम्बोधन गर्नुपर्ने धारणा राखे । संविधान संशोधन, नागरिकता, मधेश आन्दोलनका संलग्नलाई जेलमुक्त गर्ने लगाएतका मागहरुलाइ पुरा गराउन सरकारसंग निरन्तर संवाद गर्ने उनको भनाई छ । ठाकुरले लामोसमयदेखि मधेशका समस्याहरु समाधान हुन नसकेको भन्दै आफुहरुको पार्टीले मधेशी जनताको शिक्षा, स्वास्थ्य, रोजगारी लगाएतका बिषयलाई प्राथमिकताका साथ उठाउने उललेख गरे । कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष ठाकुर लगाएतका नेताहरुले पार्टी कार्यालयमा झण्डोत्तोलनका गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update