हिमाल दैनिक
एक–दुइटा कपाल झर्दैमा टाउको मुडुलो हुन्छ?: अध्यक्ष ओली
kp-sharma-oli-emale
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादी र विदेशीको चङ्गुलमा परेर पार्टी विभाजन गरिएको आरोप लगाएका छन्। शनिबार ललितपुरको लुभुमा पार्टीको नगर कमिटी, वडा कमिटी र अखिल नेपाल महिला सङ्घको घोषणा गर्दै ओलीले महासागरजस्तो एमाले पार्टीमा पौडी खेल्ने ठाउँ नभएर केही साथीले खाल्डो खनेको बताउँदै पार्टीको केहि नेताहरुले प्रतिक्रियावादी र विदेशीको चङ्गुलमा परेर पार्टी विभाजन गरेको आरोप लगाएका हुन् । ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा एमालेलाई कुनै फरक नपर्ने स्पष्ट पारे । चूनावी तालमेल गराएर एमालेको अध्याधिक मतसहितको ठूलो दल बनाएपनि प्रदेश प्रदेशमा एमाले सरकारलाई गिराएर एमालेलाई कमजोर बनाउने काम भएको उनले बताए । ओलीले आगामी निर्वाचनमा आफूविरुद्ध भएको षडयन्त्रको एकमुष्ट जवाफ दिने उल्लेख गरे । मुलुकलाई अविकसितबाट विकसित, कृषिको व्यावसायिकीकरण, उद्योगको आधुनिकीकरण, डिजिटल नेपालको परिकल्पनालाई साकार पार्ने काम अब एमालेले गर्ने उनले बताए ।
प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update