हिमाल दैनिक
केही वर्षपछि राजनीतिबाटै बिदा भइहाल्छु, भएन ?:अध्यक्ष नेपाल
madhav-kumar-nepal1
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमालेका दोश्रो पुस्ताका नेताहरुले यसअघि नै दुईवटा पार्टी दर्ताको प्रयास गरेको दावी गरेका छन् । शनिबार ललितपुरमा पेशगत महासंघ बागमती प्रदेश समितिद्वारा आयोजित ललितपुर जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले कलम चिन्ह भएको नेकपा एकीकृत पार्टी र नेकपा लोकतान्त्रीक पार्टी पनि दोश्रो पुस्ताले खोलेको दावी गरेका हुन् । केपी ओलीको प्रवृतिबिरुद्ध कुनै नयाँ पार्टी गठन गरौ भन्दै दोश्रो पुस्ताका नेताहरुले दुई वटा पार्टी निर्वाचन आयोगमा दर्ता गरेको उनको भनाई छ । उनले यसअघि नयाँ पार्टी खोलौ भन्ने नेताहरुले नै आफुहरुको पार्टीको बिरोध गरेको आरोप लगाए । अध्यक्ष नेपालले दोश्रो पुस्ता आफ्नो पार्टी आए आफु अध्यक्ष पद नै हस्तान्तरण गर्न तयार रहेको स्पष्ट पारे । नेकपा (एकीकृत समाजवादी) गठन पदका लागि नभएर बिचार र सिद्धान्तका लागि गठन भएको उनले बताए । उनले बिचार मिल्ने शक्तिहरुसंग सहकार्य गरेर अघि बढ्ने धारणा राखे । अहिले नै कुनै पार्टीसंग एकता नगर्ने र पार्टीको आधार बलियो बनाउने उनले बताए । फरक प्रसंगमा उहाले अन्य धर्म लिएका व्यक्तिलाई पशुपति बिकास कोषको सदस्य सचिव बनाउन आफुले पहल गरेको भनेर गलत भ्रम फैलाएको उल्लेख गरे । अध्यक्ष नेपालले पार्टीलाई केन्द्रदेखि तल्लो तहसम्म बलियो बनाउदै मुलुकको अग्रगमको पक्षमा काम गर्ने उल्लेख गरे ।
प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update