हिमाल दैनिक
केपीसँग एकता गरेर ठूलो ज्ञान प्राप्त गरेर आएको छु: अध्यक्ष दाहाल
pushpa-kamal-dahal
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले केपी ओलीका कारण मुलुक र संविधान खतरामा जाने ठानेर गठबन्धनले सडक आन्दोलनमा उत्रिनुपरेको बताएका छन् । वाइसिएल नेपालको राष्ट्रिय सम्मेलनलाई शनिवार काठमाडौंमा सम्बोधन गदै प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना नभएको भए मुलुक र संविधान खतरामा जाने ठानेर सडक आन्दोलनमा उत्रिनुपरेको बताएका हुन्। प्रचण्डले ठूलो मिहिनेत र दुःखले बनेको गठबन्धन परिवर्तन र संविधानको रक्षाको निम्ती सुदृढ गर्नुपर्ने धारणा राखे । प्रचण्डले नेकपामा रहेका बेला माओवादीबाट गएका नेताहरू प्रताडित भएको बताए । उनले आफूसँग प्रधानमन्त्री र पार्टी अध्यक्ष आधा–आधा कार्यकाल रहने सहमति गरेर ओली पछि हटेको गुनासो गरे । आफूलाई अहिले पनि एमालेसँग पार्टी एकता गरेर गल्ति गरेको महसुुस नभएको सुनाउदै प्रचण्डले विचार, राजनीति र सिद्धान्त लगायतका कुरा दस्तावेजमा लेखिएको भएपनि केपी ओलीले लेखिएको तमसुक पालना नगरेको बताए । प्रचण्डले भ्रष्टाचार गर्नेलाई संरक्षण गर्नका लागि ओलीले ’म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ । गर्ने मान्छेलाई देख्न पनि सक्दिनँ’ भन्ने गरेको तर्क गरे । विगतमा पञ्चायत, राजतन्त्रलाई विदा गर्न आफूहरुले अभियान चलाएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले अहिलेका युवाहरुले समाजवादको अभियान चलाउन आव्हान गरे । उनले वाइसिएलको नयाँ नेतृत्वका लागि पार्टीले हस्तक्षेप नगर्ने बताए ।
प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update