सत्तारुढ गठबन्धनले मन्त्रिपरिषदलाई पूर्णता दिन मंगलबार पनि छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रालयको भागबण्डा छलफल भएपछि अन्तिम रुप दिन बाँकी रहेको नेताहरुले जनाएका छन् ।
सरकार विस्तार र मन्त्रालय बाँडफाँटमा छिटै सहमतिमा पुगिने गठबन्धन दलहरुले जनाएका छन् । यसअघि मंगलबारसम्म मन्त्रालयको भागबण्डा टुंगो लगाउने र मन्त्रिपरिषद विस्तार गरिसक्ने गठबन्धनको तयारी थियो ।
गठबन्धनमा रहेका दलहरूलाई दिइने मन्त्रालयका बिषयमा टुंगो लाग्न सकेको छैन । प्रधानमन्त्री देउवाले असार २९ मा पदभार ग्रहण गर्नुभएको थियो तर अहिलेसम्म मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय