नेकपा एकीकृत समाजवादीले सिंहदरबारबाट संसदीय दलको कामकारवाही सुरु गरेको छ ।
संसद सचिवालयले दलको कार्यालय उपलव्ध गराएलगतै नेकपा एकीकृत समाजवादीले सिंहदरबारबाट दलको कामकारवाही सुरु गरेको हो ।
निर्वाचन आयोगबाट दलको मान्यता पाएपछि दलको कार्यालय लगाएतका सेवा सुविधा उपलव्ध गराएको सचिवालयले जनाएको छ ।
नेकपा एकीकृत समाजवादी पाटीले यसअघि नै संसदीय दलका नेतामा माधव कुमार नेपाल र राष्ट्रिय सभा दलको कार्यालयमा बेदुराम भुसाललाई चयन गरिसकेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्