हिमाल दैनिक
नेपाली कांग्रेसकोआसन्न महाधिवेशनमा काठमाडौँ उपत्यकाका तीन जिल्लाका वडाबाट जम्मा १३ दलित केन्द्रिय प्रतिनिधि निर्वाचित हुने भएका छन्। समावेशी समानुपातिकको सिद्धान्तलाई अङ्गिकार गर्दै कांग्रेसले तयार पारेको नयाँ अनुसूचीमा रहेको व्यवस्था अनुसार तीन जिल्लाबाट वडास्तर प्रतिनिधि चयन हुँदा दलितको संख्या अधिकांश वडामा नामेट परिएको छ। कांग्रेसले हालै तयार गरेर जिल्ला जिल्लामा पठाएको झन्डै हजार पृष्ठ लामो अनुसूचिमा उपत्यका तीन जिल्लाबाट भने १३ जना दलित मात्रै आउने बाटो खुलाएर समावेशी र समानुपातिक प्रतिनिधित्वको नारालाई धज्जी उडाइएको छ । उक्त तीन जिल्लाका २ महानगरपालिका, १ उपमहानगरपालिका र अन्य नगरपालिकाका वडाबाट ३ हजार १ सय ७५ जना वडा प्रतिनिधि चयन हुनेछन्। यसरी चयन हुनेमध्ये देश कै सबै भन्दा बढी जनसंख्या भएको काठमाडौँ महानगरपालिकाको वडा नं ६, ३१ र ३२ नं वडाबाट मात्र ३ जना प्रतिनिधि आउने व्यवस्था गरिएको छ । काठमाडौँ महानगरपालिकाका ४०८ प्रतिनिधि मध्ये दलित भन्दा मदेशी प्रतिनिधिको संख्या धेरै देखिएको छ । यसैगरि काठमाडौँ जिल्ला अन्तर्गत बुढानिलकण्ठमा ९० मध्ये १ जना, कगेश्वोरीमा १०६ मध्ये ४, र काठमाडौँ महानगरपालिकाको ३ वडामा ३ जना गरि आठ जना मात्र चयन हुनेछन। त्यस्तै ललितपुरमा बागमती, ललितपुर महानगर, गोदावरी, कान्जोसोन, महांकालबाट ११३५ मध्य केवल १ जना मात्रै दलित चयन हुनेछन् । एक जना गोदावरीको वडा न ११ मा एक जना मात्र दलित प्रतिनिधि राखिएको छ। त्यस्तै भक्तपुर जिल्लाको भक्तपुर, चाँगुनारायण, मध्यपुर, सुर्यविनायक गरि ९५० जना मध्ये केवल ४ जना दलित प्रतिनिधि चयन हुनेछन। यसरी पार्टीले हचुवाको भरमा तयार गरेको विधान र अनुसूचीले दलितहरुको प्रतिनिधित्वलाई निस्तेज गरेकोमा केन्द्रिय स्तरका नेतादेखि स्थानीय तहका दलित प्रतिनिधिहरु आक्रोशित बन्दै बिरोधमा उत्रिने तयारी गरिरहेका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update