नेपाल दलित संघले निर्वाचन निर्देशिका तथा अनुसूचीमा दलितका अधिकार पुनरस्थापन गर्नका लागि कांग्रेस मुख्यालयमा धर्ना दिएका छन् ।
बुधबार संघले पार्टीको महाधिवेशनका लगि तयार गरेको निर्वाचन निर्देशिका तथा अनुसूची असमावेशी भएको भन्दै कटौती भएका दलितका अधिकार पुनरस्थापना गर्नका लागि भन्दै धर्ना दिएको हो ।
उहाले पार्टी महाधिवेशन केन्द्रीत भएका बेला आफुहरुमाथि अन्याय भएको उनीहरुको भनाई छ । धर्नामा सहभागीहरुले आफुहरुको मागका बारेमा पार्टी नेतृत्व गम्भीर हुनुपर्ने जनाएका छन् । आफुहरुको माग पुरा नभए बिरोधका अन्य कार्यक्रम सार्वजनिक गर्ने संघले चेतावनी दिएको छ ।
उपत्यकाबाट मात्रै एक दर्जनबढी दलित प्रतिनिधि वडाबाट आउने पक्का!
यसरी पार्टीले हचुवाको भरमा तयार गरेको विधान र अनुसूचीले दलितहरुको प्रतिनिधित्वलाई निस्तेज गरेकोमा केन्द्रिय स्तरका नेतादेखि स्थानीय तहका दलित प्रतिनिधिहरु आक्रोशित बन्दै बिरोधमा उत्रिने तयारी गरिरहेका छन् ।मीन बिश्वकर्माद्वारा दलित संघ र केन्द्रिय सदस्यबाटै राजिनामा
कांग्रेसको विधान र त्यसका आधारमा तयार गरेको अनुसूचीमा रहेको प्रावधानप्रति गम्भीर आपति प्रकट गर्दै कांग्रेस निकट नेपाल दलित संघका अध्यक्ष एवम केन्द्रिय सदस्य मीन बिश्वकर्माले दलबाट राजिनामा दिएका छन् ।प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय