हिमाल दैनिक
साउन अन्तिमबाट उठ्न नसकेको काठमाडौँको फोहोर आजबाट उठाइयो
kathmandu-fohor
काठमाडौं महानगरपालिकाले बुधबारबाट काठमाडौंमा फोहर उठाउन सुरु गरेको छ । दुई साता भन्दा लामो समयदेखि थुप्रिएको फोहर आशिंक रुपमा उठाउन सुरु गरिएको महानगरले जनाएको छ । गत साउन अन्तिममा वर्षाले ल्याण्डफिल्ड साइट पुग्ने बाटो अवरुद्ध भएपछि महानगरपालिकाले फोहोर उठाउन छाडेको थियो भने ल्याण्डफिल्ड साइटका स्थानीयले विभिन्न माग राखी थप अवरोध गरेका थिए । जसका कारण दुई साता भन्दा लामो समयदेखि राजधानीको फोहोर ब्यवस्थापन हुन सकेको थिए । बुधबारबाट उपत्यकाका अधिकांश स्थानबाट फोहर उठाउन सुरु गरिएको र अव नियमित फोहर उठाइने महानगरको भनाई छ । यसअघि महानगर र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update