नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडल पक्षीय नेताहरुले १४ औं महाधिवेशन एकताको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् ।
बुधबार राजधानीमा भएको बरिष्ठ नेता पौडेल समूहको भेलामा १४ औं महाधिवेशन नेपाली काँग्रेसको एकताको महाधिवेशन पर्ने विषयमा छलफल भएको काँग्रेस नेतृ सुजाता कोइरालाले जानकारी दिईन । उनले पार्टीभित्र देखिएका समस्या समाधान गर्दै अगाडि बढ्नु पर्ने बताउदै पार्टी भित्रका हरेक नकारात्मक प्रवृतीलाई हटाउदै संस्कारगत राजनीति गर्नुपर्नेमा जोड दिईन ।
क्रियाशील सदस्यका बारेमा भइरहेका विवादलाई समाधान गर्दै अडाडि बढ्नु पर्नेमा नेपाली काँग्रेसका नेता रामशरण महतले जोड दिए । उनले अहिले पनि क्रियाशील सदस्यको विवाद ठाउँ–ठाउँमा देखिएको भन्दै छिटो समाधान गर्नुपर्ने र एकताको सन्देश दिनुपर्ने बताए । नेता महतले निर्वाचनमा साझा उम्मेदवार बनाएर जानुपर्ने विषयमा छलफल भएको जानकारी दिए ।
नेपाली काँग्रेसको एकताको सन्देश दिने पक्षमा रहेकाले विकृतिलाई हटाउदै सबै एक भएर जानु पर्ने महतको भनाई थियो । उनले पार्टीको नेतृत्व निर्विरोध हुनुपर्ने र नभए विचार मिल्नेहरु एक हुनुपर्ने आफ्नो मत रहेको जिकिर गरे ।
उपत्यकाबाट मात्रै एक दर्जनबढी दलित प्रतिनिधि वडाबाट आउने पक्का!
यसरी पार्टीले हचुवाको भरमा तयार गरेको विधान र अनुसूचीले दलितहरुको प्रतिनिधित्वलाई निस्तेज गरेकोमा केन्द्रिय स्तरका नेतादेखि स्थानीय तहका दलित प्रतिनिधिहरु आक्रोशित बन्दै बिरोधमा उत्रिने तयारी गरिरहेका छन् ।मीन बिश्वकर्माद्वारा दलित संघ र केन्द्रिय सदस्यबाटै राजिनामा
कांग्रेसको विधान र त्यसका आधारमा तयार गरेको अनुसूचीमा रहेको प्रावधानप्रति गम्भीर आपति प्रकट गर्दै कांग्रेस निकट नेपाल दलित संघका अध्यक्ष एवम केन्द्रिय सदस्य मीन बिश्वकर्माले दलबाट राजिनामा दिएका छन् ।प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय