नेपाली कांग्रेसले अन्ततः हालै जारी गरेको निर्वाचन निर्देशिकामा परिमार्जन गर्दै असन्तुष्ट पक्षको माग सम्बोधन गर्ने प्रयास गरेको छ।
पार्टी विधानमा रहेको जनसंख्याको आधारमा वडा तहदेखि महाधिवेशनम क्षेत्रीय प्रतिनिधि चयनका लागि हालै सार्वजनिक गरेको निर्वाचन निर्देशिकामा समावेशी समानुपातिक प्रतिनिधित्वको सवालमा गम्भीर त्रुटिी देखिएपछि सरोकारवाला पक्षबाट भएको चर्को विरोध पश्चात पार्टीको निर्देशिकामा केही परिमार्जन गरिएको छ।
निर्देशिका तयारी समितिका सदस्यद्वय सहमहामन्त्री प्रकाशशरण महत र मीनेन्द्रप्रसाद रिजालले संविधान र निर्वाचन कानून विपरित पार्टीको निर्वाचन निर्देशिकामा उल्लेखित प्रावधानले महिाल, जनजाति, दलित, मधेसी, थारु, मुस्लिम, पिछडिएको समुदाय तथा अल्पसंख्यकको प्रतिनिधित्व वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधित्वमा नहुने अवस्थामा यदी सम्बन्धित वडामा उक्त लक्षित समूहका क्रियाशील सदस्य भएसम्म कम्तिमा एक जनाको दरले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिमा ल्याउने व्यवस्था मिलाउन पार्टीको निर्वाचन समितिलाई परिपत्र गरेको छ।
यसअघि तयार पारिएको निर्देशिकामा उल्लेखित अनुसूचिले देशका अधिकांश वडामा दलित, थारु, मुस्लिम र मधेसी लगायतको प्रतिनिधित्वको व्यवस्थालाई कटौती गरेपछि दलित, मुस्लिम लगायतका समुदायका नेता, कार्यकर्ताले विरोध जनाएका थिए।
उक्त विषयमा हिमाल दैनिकले नियमित रुपमा समाचार प्रकाशित गरेसँगै नेपाल दलित संघका अध्यक्ष तथा केन्द्रीय सदस्य मीन विश्वकर्माले दुबै पदबाट राजीनामा दिएर नेतृत्वलाई दबाब दिएका थिए।
सभापतिज्यू, कांग्रेस बचाउन तत्काल निर्देशिका खारेज गर्नुहोस्
उनै देउवाको पार्टी कांग्रेस अहिले १४ औं महाधिवेशनको तयारीमा होमिँदै गर्दा २० वर्षअघि उनैले प्रतिपादन गरेको कदमजमको नीतिलाई अझ परिस्कृत र प्रभावकारी ढंगले कार्यान्वयनमा गर्नुको सट्टा एक हजार पृष्ठ लामो निर्वाचन निर्देशिकाले धूलिसाथ बनाइदिएको छ।उपत्यकाबाट मात्रै एक दर्जनबढी दलित प्रतिनिधि वडाबाट आउने पक्का!
यसरी पार्टीले हचुवाको भरमा तयार गरेको विधान र अनुसूचीले दलितहरुको प्रतिनिधित्वलाई निस्तेज गरेकोमा केन्द्रिय स्तरका नेतादेखि स्थानीय तहका दलित प्रतिनिधिहरु आक्रोशित बन्दै बिरोधमा उत्रिने तयारी गरिरहेका छन् ।मीन बिश्वकर्माद्वारा दलित संघ र केन्द्रिय सदस्यबाटै राजिनामा
कांग्रेसको विधान र त्यसका आधारमा तयार गरेको अनुसूचीमा रहेको प्रावधानप्रति गम्भीर आपति प्रकट गर्दै कांग्रेस निकट नेपाल दलित संघका अध्यक्ष एवम केन्द्रिय सदस्य मीन बिश्वकर्माले दलबाट राजिनामा दिएका छन् ।प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय