नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बलियो कांग्रेसबाटमात्रै देशको विकास सम्भव रहेको भन्दै कांग्रेसलाई बलियो पार्टी बनाउने उद्घोष गरेका छन् ।
पार्टी वडा अधिवेशनका अवसरमा शुक्रबार भिडियो सन्देश जारी गर्दै देउवाले संघीय लोकतन्त्रलाई संस्थागत गर्न कांग्रेसलाई बलियो बनाउन जरुरी रहेको समेत बताए । सभापति देउवाले कोरोना महामारीका बीच संवैधानिक बाध्यताका कारण महाधिवेशन गर्नु परेको उल्लेख गर्दै सामाजिक दुरी कायम गर्न अनुरोध गरेका छन् । आन्तरिक लोकतन्त्रमा कांग्रेस सदैव अगाडि रहेको उल्लेख गर्दै देउवाले स्वस्थ प्रतिस्पर्धाले जनजनमा नयाँ रक्तसञ्जार गर्ने धारणा पनि राखेका छन् । उनले जनताको विश्वास जितेर अघि बढ्ने प्रण गरेका छन् ।
कांग्रेसलाई सशक्त बनाउने अभियानमा नेता कार्यकर्ता होमिसकेको उल्लेख गर्दै देउवाले गाउँ टोलका मुद्दालाई आफ्नो बनाउनसमेत आग्रह गरेका छन् ।
अन्ततः कांग्रेसले सच्यायो निर्वाचन निर्देशिकाको त्रुटि
उक्त विषयमा हिमाल दैनिकले नियमित रुपमा समाचार प्रकाशित गरेसँगै नेपाल दलित संघका अध्यक्ष तथा केन्द्रीय सदस्य मीन विश्वकर्माले दुबै पदबाट राजीनामा दिएर नेतृत्वलाई दबाब दिएका थिए।सभापतिज्यू, कांग्रेस बचाउन तत्काल निर्देशिका खारेज गर्नुहोस्
उनै देउवाको पार्टी कांग्रेस अहिले १४ औं महाधिवेशनको तयारीमा होमिँदै गर्दा २० वर्षअघि उनैले प्रतिपादन गरेको कदमजमको नीतिलाई अझ परिस्कृत र प्रभावकारी ढंगले कार्यान्वयनमा गर्नुको सट्टा एक हजार पृष्ठ लामो निर्वाचन निर्देशिकाले धूलिसाथ बनाइदिएको छ।उपत्यकाबाट मात्रै एक दर्जनबढी दलित प्रतिनिधि वडाबाट आउने पक्का!
यसरी पार्टीले हचुवाको भरमा तयार गरेको विधान र अनुसूचीले दलितहरुको प्रतिनिधित्वलाई निस्तेज गरेकोमा केन्द्रिय स्तरका नेतादेखि स्थानीय तहका दलित प्रतिनिधिहरु आक्रोशित बन्दै बिरोधमा उत्रिने तयारी गरिरहेका छन् ।मीन बिश्वकर्माद्वारा दलित संघ र केन्द्रिय सदस्यबाटै राजिनामा
कांग्रेसको विधान र त्यसका आधारमा तयार गरेको अनुसूचीमा रहेको प्रावधानप्रति गम्भीर आपति प्रकट गर्दै कांग्रेस निकट नेपाल दलित संघका अध्यक्ष एवम केन्द्रिय सदस्य मीन बिश्वकर्माले दलबाट राजिनामा दिएका छन् ।प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय