हिमाल दैनिक
ओलीसँग २४ वर्षपछि फेरि आत्तिँदै वामदेव गौतमले छाडे एमाले
241121489_10224066367599986_4233856450296357328_n
देशकै सबैभन्दा ठूलो दल नेकपा एमालेभित्रको आन्तरिक द्वन्द्ध व्यवस्थापन हुन नसक्दा सुरु भएको विभाजनको पहिरोले उक्त पार्टीका शीर्ष नेताहरु एकपछि अर्को गर्दै बाहिरिने क्रमले निरन्तरता पाएको छ। केही दिनअघि नेता माधवकुमार नेपाल, झलनाथ खनालसहितका असन्तुष्ट नेताहरुले राजनीतिक दल सम्बन्धी अध्यादेशको आधारमा एमाले विभाजन गर्दै एकीकृत नेकपा समाजवादी गठन गरेलगत्तै शुक्रबार एमाले उपाध्यक्ष वामदेव गौतमले पनि एमाले परित्यागको घोषणा गरेका हुन्। पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै पार्टी मुख्यालयमा बुझाएको लिखित राजीनामा पत्रमा उपाध्यक्ष गौतमले ओलीमाथि ०७४ सालमा माओवादीसँग भएको एकताको साझा घोषणा आफ््नो कार्यकालभरी लागू नगरी पार्टी र सरकारको नेतृत्व स्वेच्छाचारिता ढंगले निरंकुश शैलीमा चलाउदा पार्टी र मुलुक राजनीतिक तथा संवैधानिक संकटमा धकेलिएको आरोप लगाएका छ। गौतमले आफ्नो लिखित राजीनामा पत्रको हरेक हरफमा ओलीप्रति आक्षेप लगाउँदै उनले कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको झण्डै दुई तिहाई बहुमतको सरकार र पार्टीलाई छिन्नभिन्न बनाउनुका साथ पटक पटक संसद विघटन गर्नेदेखि राष्ट्रपतिलाई नै आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरु कार्यान्वयन गर्न दुरुपयोग गरेको आरोप लगाएका छन्। आफूले दिएका सुझावहरुको वेवास्ता गर्दै आफूसरहका नेताहरुको मानमर्दन गर्ने कार्य जारी राखेको भन्दै आफू अब एमालेमा बस्न असमर्थ रहेको बताएका छन्। यसअघि महाकाली सन्धीको विषयमा बढेको विवादका कारण ०५४ सालमा पनि एमालेबाट विभाजित भएर माले गठन गरेका थिए।
प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update