विश्वकप छनोट खेलमा नर्वेले सानदार जित निकालेको छ । गएराति भएको खेलमा नर्वेले जिब्राल्टारलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।
नर्वेलाई सानदार जित दिलाउनको लागि युवा स्टार एर्लिङ ब्राउट हालान्डले गरे । नर्वेको लागि क्रिस्टियन थ्रोस्टेभेड र एलेसान्दर एक/एक गोल थपे भने जिब्राल्टारको लागि रिस स्टेचीले एक गोल फर्काए ।
खेलको २३औं मिनेटमा क्रिस्टियन थ्रोस्टेभेडको गोलबाट नर्वेले अग्रता लिएको थियो । २७औं मिनेटमा हालान्डले गोल गर्दै नर्वेको अग्रता दोब्बर पारे ।
३९औं मिनेटमा हालान्डले गोल गर्दै ३–० को अग्रता दिलाए । ४३औं मिनेटमा रिस स्टेचीले गोल गर्दै खेललाई पहिलो हाफमा ३–१ को अवस्थामा ल्याए ।
५९औं मिनेटमा सोर्लोथले गोल गर्दै नर्वेलाई ४–० को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा हालान्डले ह्याट्रिक पुरा गर्दै नर्वेलाई ५–१ को फराकिलो जित दिलाए ।
यो जितसँगै समूह ‘जी’ मा नर्वेले शीर्षस्थानको नेदरल्यान्ड्ससँग अंक बराबरी गर्दै दोस्रो स्थानमा उक्लिएको छ । समान १३ अंक रहेपनि नर्वे गोलअन्तरमा दोस्रो स्थानमा छ । टर्कीको ११ अंक छ । जिब्राल्टारले अंकको खाता खोल्न सकेको छैन ।
प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय