हिमाल दैनिक
नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको विधान पारित गरेको छ । नेकपा संसदीय दलका अध्यक्ष माधवकुमार नेपालका अध्यक्षतामा आज बसेको बैठकले विधान पारित गरेको हो । सो निर्णयसँगै पार्टीले गठन गरेको मस्यौदा कमिटी विघटन भएको छ । यही भदौ २३ मा बसेको पार्टीको पहिलो संसदीय दलको बैठकले पाँच सदस्यीय मस्यौदा कमिटी गठन गरेको थियो । सो कमिटीमा भवानी खापुङ, शेरबहादुर कुँवर, नीरा जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी रहनुभएको थियो । रासस
प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update