हिमाल दैनिक
अमेरिकाले भन्योः एमसीसी सम्झौता भन्दा नेपालको संविधान नै माथि छ (पूर्ण पाठसहित)
MCC Clarification Letter
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का विषयमा सदनदेखि सडकसम्म उठेका प्रश्नहरु समेटेर नेपाल सरकारले पठाएको पत्रको एमसीसी अुख्यालयले बुधबार सरकारलाई जवाफ पठाएको छ। एमसीसी उपाध्यक्ष फतेमा सुमारले हस्ताक्षर गरी पठाएको जवाफमा नेपाली समाजमा उठेका सबै सवालहरु तथ्य र आधारहिन हल्ला भएको सावित गरिदिएकी छिन्। विशेषगरी नेकपा माओवादीका कतिपय नेता, कार्यकर्तादेखि एमालेका नेतासँगै समाजमा चर्चित नागरिक अगुवाहरुले एमसीसी सम्झौता नेपालको संविधान भन्दा माथि रहेको र यसले नेपाललाई अमेरिक सुरक्षा नीति मातहतमा समावेश गरी नेपालको सार्वभौमसत्तामाथि अतिक्रमण गर्ने कोशिश भएको भन्ने आरोप लाग्दै आएको थियो। उक्त विषयलाई समेटेर माओवादीका तर्फबाट सरकारमा सहभागी अर्थमन्त्री जनार्दन शर्माले पठाएको पत्रको जवाफमा सुमारले कुनै पनि देशको संविधान एमसीसी सम्झौताभन्दा माथि रहेकोले नेपालको संविधान पनि एमसीसी भन्दा माथि नै रहेको स्पष्ट जवाफ दिएकी छिन्। यसैगरी एमसीसी मुख्यालयले नेपाली समाजमा चलेका हल्ला र आलोचनाबारे सरकारले पठाएको ११ वटा प्रश्नको नेपाली र अंग्रेजी भाषामा स्पष्टसँग बुझिने गरी पठाएको छ। सरकारले पठाएका प्रश्नहरुको प्रतिउत्तरमा के भनेको छ एमसीसीले? पूर्ण पाठसहितः https://www.himaldainik.com/wp-content/uploads/2021/09/MCC-Clarification-Letter.pdf
प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update