हिमाल दैनिक
प्रधानसेनापति प्रभुराम शर्मालाई दज्र्यानी चिन्ह प्रदान
pradhan-senapati-prabhuram-sharma-padbhar-grahan
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापति पदको दज्र्यानी चिन्ह प्रदान गरेकी छिन् । बिहीबार राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा शर्मालाइ दज्र्यानी चिन्ह प्रदान गरेकी हुन् । राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले सैनिक ऐन, २०६३ को दफा ९ को उपदफा (२) बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । समारोहमा प्रधानमन्त्री, प्रधानन्यायाधिश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगाएतको उपस्थीति रहेको थियो । पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि प्रधानसेनापति शर्मालाई सैनिक जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो भने बिहीबार नै उनले कार्यभार सम्हालेका छन् । त्यस्तै नवनियुक्त प्रधानसेनापति शर्माले सैनिक मञ्‍च टुँडिखेल र वीर स्मारक छाउनीमा माल्यार्पण गरेका थिए । प्रधान सेनापति शर्मा २०४० सालमा सहायक सेनानी दर्जाबाट सैनिक सेवामा प्रवेश गरेका थिए । भाद्र ०३ गते बसेको मन्त्रीपरिषद् बैठकले शर्मालाई महारथी दर्जामा बढुवा गरी प्रधान सेनापतिमा नियुक्ती गर्न सिफारिस गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update