हिमाल दैनिक
आज पनि सत्तारुढ गठबन्धनको बैठक बस्दै
satta-gathbandhan-baithak
सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक आज बस्ने भएको छ । मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्था बारे छलफल गर्न आज बिहान ९ बजे बालुवाटार स्थित प्रधानमन्त्री कार्यालयमा गठबन्धनको बैठक बस्न लागेको हो । आजको बैठकमा मन्त्रिपरिषद् विस्तार, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना तथा बुधबारदेखि सुरु भएको संसद्लाई कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा छलफल हुने बताइएको छ । यस अघि बिहिबार पनि गठबन्धनको बैठक बसेको थियो । उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल थिए भने जसपा अध्यक्ष उपेन्द्र यादव व्यस्त रहेको भन्दै अनुपस्थित भएका थिए ।  
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update