हिमाल दैनिक
अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गर्दै छन् । चारदिने नेपाली भ्रमणमा रहेकी सुमारले आज दिउसो प्रधानमन्त्री देउवासंग भेटवार्ता गर्न लागेकी हुन् । बिहीबार काठमाडौं आएकी सुमारले आफु एमसीसी पारितका लागि दवाव दिन नभई यस बिषयमा छलफल गर्न र बुझ्न आएको बताएकी थिइन् । यस अघि सुमारले बिहिबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसंग भेटवार्ता गरेकी थिइन् । ओलीसंगको भेटमा सुमारले एमसीसी अनुदानका बिषय भएकाले यसमा विवाद हुनु नपर्ने धारणा राखेकी थिइन् । ओलीले भने एमसीसी सम्झौताका बारेमा आफ्नो नेतृत्वको सरकारले अघि बढाएपनि अहिले प्रतिपक्षिमा रहेको बताए । उनले आफूहरु सरकारमा रहँदा सभामुखसहितका केही व्यक्तिले एमसीसीलाई अघि बढ्न नदिएको बताउँदै अहिले सरकारले एमालेसँग यसबारे कुनै परामर्श नगरेको बताए । त्यस्तै यता नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने एमसीसी नेपाली जनता र राष्ट्रको हितमा हुनुपर्ने र अन्यथा भए स्वीकार गर्न नसक्ने बताएका थिए । एमसीसीका बारेमा उठेका चर्चा परिचर्चालाई प्रष्ट पार्नुपर्ने जोड दिएका थिए । त्यस्तै नेपाली स्थित अमेरिकी राजदूतावासले आज एक विज्ञप्ति जारी गरी नेपालको भौतिक पूर्वाधार परियोजना कार्यान्वयन गर्ने रु ५५ अर्बको उक्त कार्यक्रमलाई गति दिन चाल्नुपर्ने भावी कदमबारे विभिन्न सरकारी अधिकारी, व्यापारिक तथा सामुदायिक नेतृत्वसँग छलफल गर्न नेपाल आएको बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update