बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ।
गठबन्धनका पाँच दल कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले बैठकको पुष्टि गरेको छ ।
मन्त्रिपरिषदलाई पूर्णता दिने, संसद निरन्तर चलाउने र समसामयिक राजनीतिक घटनाक्रमबारे आज गठबन्धन बैठकमा छलफल हुन लागेको स्रोतको भनाइ छ।
बिहीबार पनि गठबन्धनको बैठक बसेको थियो। उक्त बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव व्यस्त रहेको भन्दै अनुपस्थित भएपछि आजका लागि बैठक राखिएको थियो।
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्