हिमाल दैनिक
शुक्रबारको संसदमा पनि एमालेको नारावाजी र अवरोध जारी
house disrupted by uml
प्रतिनिधि सभाको शुक्रबारको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध श्रृजना गरेको छ। बुधबारदेखि सुरु भएको अधिवेशनको पहिलो दिन सभामुखको भूमिका र कार्यशैलीको विरोधमा बैठक अवरोध गरेको एमालेले शुक्रबार अपरान्ह १ बजेका लागि डाकिएको बैठकमा पनि विरोध जारी राख्यो। करिब १५ मिनट ढिला गरी बसेको बैठकको कारबाही सुरु भएको जानकारी सभामुख अग्निप्रसाद सापकोटाले दिनासाथ विपक्षी दलका सांसदहरु दौडँदै वेल अगाडि पुगेका थिए। नारावाजी गर्दै मर्यादापालकसँग घम्साघम्सी गरेका सदस्यहरुको गतिविधिलाई सभामुखले हेरिरहे। नारावाजी गर्ने क्रममा एमाले सांसद सूर्य पाठकले मर्यादापालकलाई घचेटि रहेका थिए। त्यसपछि सभामुख सापकोटाले विपक्षी दलबाट उठेका विषयबारे आफूले यसअघि नै जवाफ दिएको र विवादित विषय सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको बताए। यसका अतिरिक्त बाढी पहिरो र जनजिवीकाका विषयमा सांसदहरुले बोल्न चाहिरहेकोले सदनको कारबाही सूचारु गर्न आग्रह गरेका थिए।
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update