संघीय संसद अन्तर्गतको राष्ट्रियसभामा नेकपा एमालेको विरोधकै बीच राजनीतिक दल सम्बन्धी अध्यादेश पेश भएको छ ।
शुक्रबारको बैठकमा विरोधकै बीच राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सीनाले गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेश गर्न समय दिनुभएको थियो । त्यसअघि बैठक सुरु भएलगत्तै एमाले सांसदहरु यथास्थानमा उठेर विरोध जनाएका थिए ।
लगतै राष्ट्रियसभाका एमाले सांसद देवेन्द्र दाहालले परमादेशी सरकारले अध्यादेश ल्याएर दल र एमालेलाई कमजोर बनाउन खोजेको आरोप लगाए । उनले सभामुखले निष्पक्ष भूमिका खेल्न नसकेकाले बिरोध गर्नुपरेको धारणा राखे ।
बैठकले महेन्द्र शेरचन र जेबी टुहुरेको निधनमा शोक प्रस्ताव पास गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक भदौ २८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्