प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोध र नारावाजीकाबीचमा संसदको कारबाही सूचारु भएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले नारावाजीकाबीचमा सभामुख सापकोटाले पूर्ववर्ती सरकारले जारी गरेको आर्थिक अध्यादेश सदनसमक्ष पेश गर्न अर्थमन्त्री जनार्दन शर्मालाई समय दिएपछि अर्थ मन्त्री शर्मा दौडँदै रोष्ट्रममा पुगे।
मर्यादापालाकको घेराबिचबाट पोडियममा पुगेका अर्थमन्त्री शर्माले अध्यादेश पेश गरेपछि सभामुखले विरोधकैबीचमा उक्त प्रस्ताव सदनको बहुमतले पारित भएको बताए।
त्यसपछि राष्ट्र ऋण उठाउने अध्यादेशबारे विरोधको सूचना दर्ता गरेका नेमकिपाका सदस्य प्रेम सुवाललाई बोल्न समय दिएपछि आफूले यसअघि अर्थ विधेयक सम्बन्धि अध्यादेशमा विरोधको सूचना फिर्ता नलिएको बताउँदै केबल सदनको कारबाही सहज रुपमा सूचारु गर्न सक्ने बातावरण बनाउन माग गरे।
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्