प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को विरोध र नारावाजीका कारण १५ मिनेटका लागि स्थगित भएको छ ।
प्रतिपक्ष सांसदहरुले संसद्को मर्यादा कायम गर्नुपर्नेलगायतका विषय जोडेर नाराबाजी गरिरहेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगन भएको घोषणा गरे ।
प्रमुख प्रतिपक्षी दलका सांसदबाट निरन्तर नाराबाजी र विरोध भइरहँदा सभामुख अग्निप्रसाद सापकोटाले सहज रुपमा सदन चल्ने वातावरण निर्माण गर्न पटकपटक अनुरोध गरे ।
सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली कार्यान्वयन गर्ने दायित्व सबैको रहेको र जनताको प्रतिनिधिमूलक थलो संसद्मा आफ्ना धारणा, दृष्टिकोण राख्ने अवसर प्रदानगर्न आग्रह गरेका थिए ।
यद्यपि, नाराबाजी नरोकिएपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित भएको सदनलाई जानकारी गराए । रासस
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय