प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीकाबीच प्रतिनिधिसभाको दोश्रो बैठकमा बजेट सम्बन्धी अध्यादेश पेश भएको छ ।
शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेटसम्बन्धी अध्यादेश पेश गर्न समय दिएका थिए । बैठकमा मन्त्री शर्माले पेश गरेको आर्थिक अध्यादेश, २०७८ , राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र बिनियोजन अध्यादेश २०७८ स्वीकृत भएको छ ।
त्यसअघि सभामुख सापकोटाले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाललाई उक्त अध्यादेश अस्वीकारको प्रस्ताव पेश गर्न समय दिएका थिए । सुवालले भने नाराबाजीका बीच विरोधको सूचना पेश नगर्ने बताएका थिए । तर अध्यादेश पेश नगर्दा फिर्ता लिएको भन्ने ठानिने भएकाले सभामुखले प्रक्रिया अघि बढाएका थिए ।
बजेटसम्बन्धी अध्यादेश स्वीकृत भएसंगै वर्तमान सरकारलाई नयाँ बजेट ल्याउने बाटो खुलेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्