तत्कालिन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संसद विघटन गर्दै अध्यादेशमार्फत प्रस्तुत गरेको चालु आर्थिक वर्षको वार्षिक बजेटलाई वर्तमान सरकारले परिमार्जन गर्दै नयाँ विनियोजन विधेयक पेश गर्ने भएको छ।
पुनःस्थापित प्रतिनिधि सभामा एमालेले विभिन्न विषयमा विमति जनाउँदै अवरोध कायम गरिरहेकै बेला सत्तारुढ दलसँगको सहमतिमा सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारबाही अघि बढाएपछि शुक्रबार बस्ने दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक तथा विनियोजन विधेयक २०७८ पेश गर्दैछन्।
संसद सचिवालयले प्रकाशित गरेको दैनिक कार्यसूचि अनुसार, आजै अर्थमन्त्री शर्माले अघिल्लो सरकारले पेश गरेका अध्यादेशहरुको सट्टा चारवटा अर्थिक विधेयकहरु पेश गर्दै प्रतिस्थापन गर्दैछन्।
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय