सरकारले चालु आर्थिक वर्षको वार्षिक बजेट १६ खर्ब को बजेट पेश गरेको छ । शुक्रबार बसेको दोस्रो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारबाही सुरु भएको जानकारी दिन नपाउँदै एमाले सांसदहरुले दौडिएर वेल घेराउ तथा रोष्ट्रम घेर्न जान लागेपछि पूर्व तयारीमा रहेका अर्थमन्त्री जनार्दन शर्माले सुरुमा नै सभामुखसँगै रोष्ट्रममा गएर बसेका थिए।
सरकारले चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्बको बजेट बिनियोजन गरेको छ ।
सरकारले भत्ता, खाजा, भ्रमण भत्ताकाे ५ अर्व काेराेनाकाे खाेप खरिदमा उपयाेग गरिने जानेको छ । त्यस्तै चालु आर्थिक बर्षमा सरकारले ७ प्रतिशत आर्थिक लक्ष्य लिएको छ । यो बजेट अहिलेसम्मकै छाेटाे बजेट हो । आज अर्थमन्त्री शर्माले छाेटाे समय ३० मिनेटमा प्रतिस्थापन विधेयक पेश गरेका छन् ।
सभामुखले एमालेको विरोधका बाबजूद अर्थमन्त्रीलाई आर्थिक विधेयकहरु पेश गर्न समय दिएपछि उनी सोझै रोष्ट्रममा उभिएर अघिल्लो सरकारले अघि सारेका कतिपय अनावश्यक कार्यक्रम परिमार्जन गरेको जानकारी दिए।
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय