इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले दोस्रो हार व्यहोरेको छ। शनिबार राति भएको खेलमा युभेन्ट्स घरेलु टोली नापोलीसँग २-१ गोल अन्तरले पराजित भएको हो।
लोरेन्जो इन्सिङ्गेको कप्तानीमा मैदान उत्रिएको युभेन्ट्स एक गोलको अग्रता जोगाउन नसक्दा दोस्रो खेलमा पराजित हुन बाध्य भयो ।
खेलको दशौँ मिनेटमा अल्भारो मोरटाले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, खेलको ५७ औँ मिनेटमा माटियो पोलीटानोले गोल गर्दै नापोलीलाई १-१ गोलको बराबरीमा फर्काए। खेलको ८५ औँ मिनेटमा कालिडोउ कोउलीबलीले गोल गर्दै नापोलीलाई २-१ को जित दिलाए ।
जितसँगै नापोलीले तीन खेलमा अपराजित रहँदै नाै अंक जोडेर शीर्ष स्थानमा छ। युभेन्ट्स एक अंक जोडेर १६औँ स्थानमा छ। अर्को खेलमा फिओरेन्टिनाले एटालान्टालाई २-१ गोल अन्तरले पराजित गरेकाे छ ।
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय