प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज पनि प्रतिनिधि सभा अबरुद्ध गरेको छ । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलो संसद् बैठक आज प्रतिनिधिसभाको बैठक बसेको थियो ।
आजको बैठक सुरु नहुँदै एमाले सांसदहरुले वेल घेरेका थिए । पटक पटक संसद अबरुद्ध गरेको एमालेलाई सभामुख अग्निप्रसाद सापकोटाले संवादमा आउन आह्वान आग्रह गरेका हुन् ।
एमाले सांसदहरुले 'संसदीय मर्यादा कायम गर' भन्दै नाराबाजी गरि राख्दा सभामुख सापकोटाले भने,'माननीय सदस्यहरु संसदीय मर्यादाका लागि नै तपाईहरुलाई पटक पटक आग्रह गरेको छु । संसदीय मर्यादा कायम राख्ने कुरामा हाम्रो समझदारी हुन्छ भने हाम्रो कुरा मिल्यो। अब हामी बैठकलाई सहज ढंगले अगाडी बढाउ। '
त्यस्तै उनले विपक्षी दलका सांसदलाई संवादतर्फ अग्रसर हुनका लागि आग्रह गरेका छन् । उनले भने,’ म सत्तापक्ष र प्रतिपक्षका माानीज्यूहरूको यसमा ध्यानाकर्षण गराउँछु ।'
बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
https://twitter.com/i/status/1436965592850833408
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय