हिमाल दैनिक
अगाडी अगाडी एमसीसीको ५० करोड, पछाडी पछाडी एम-१६ आउन बेर छैन: विप्लव(भिडियो)
biplov
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू हुन नदिने बताएका छन् । सोमबार काठमाडौंको खुल्लामञ्चमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै विप्लवले एमसीसी सम्झौता नेपालको स्वाधीनता र सार्वभौमिकताको विरोधमा रहेको भन्दै यसलाई लागू गर्न नदिने बताएका हुन् । उनले अमेरिकाले नेपालमा आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी पारित गर्न दवाव दिएको उल्लेख गरे । https://youtu.be/n_AEX9WRekQ उनले एमसीसी जबरजस्ती पास गर्न खोजिए राँको बाल्ने चेतावनी दिए । पैसाले मात्रै विकास नहुने भन्दै बिप्लवले एमसीसीले देश विकास हुन्छ भन्नु मुर्खता भएको बताए । उनले एमसीसीका बिषयमा मान्छेलाई भाँड्ने प्रयास भइरहेको र नेपाली जनताले यो कुरा बुझेको पनि बताए । उनले कुनै पनि हालतमा नेपाली जनतामाथि एमसीसी थुपार्न नदिने धारणा राखे । त्यस्तै बिरोध सभामा नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले एमसीसीको बहानामा अमेरिकाले नेपालमा कव्जा जमाउन खोजेको आरोप लगाए । नेपालमा युरोनियम छ भन्ने पत्ता लागेको र नेपाल जलश्रोतमा पनि धनि रहेकाले अमेरिकाले जबरजस्ती नेपाललाई एमसीसी सहायत दिन लागेको उनले बताए । https://youtu.be/TustDgTa9WM गजुरेलले एमसीसी सम्बन्धी बहसमा बुद्धिजिविहरुले युरेनियम कब्जा गर्ने लेखेको कहाँ छ भन्दै प्रश्न गरेकोमा अचम्म लागेको तर्क गर्नुभयो । उनले नेपालको राष्ट्रिय स्वाधिनताका बिषयमा कुनै सम्झौता गर्न नहुने बताए । त्यस्तै बिरोधसभामा सहभागी अन्य दलका नेताहरुले एमसीसीको चर्को बिरोध गरेका थिए
प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update