हिमाल दैनिक
सर्वदलिय बैठक निष्कर्ष बिहिन, एमालेसंग सहमति खोज्न सभामुखलाई सुझाव
sarvadaliye-baithak
बिभिन्न दलका नेताहरुले प्रतिपक्षीलाई सम्वादमार्फत नै सहमतिमा ल्याई संसद सञ्चालन गर्न सभामुख अग्नी सापकोटालाई सुझाव दिएका छन् । संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको सर्वदलीय बैठकमा दलका नेताहरुले एमालेसहितको अर्को बैठक राखेर मतभेद अन्त्य गर्दै संसद सञ्चालन गर्न सभामुख सापकोटालाई सुझाव दिएका छन् । संसदमा देखिएको गतिरोध अन्यका लागि सभामुखले सर्वदलीय बैठक आह्वान गरेका थिए भने एमालेले बैठक बहिष्कार गरेको थियो । एमालेले नै संसद अवरुद्ध गरेको र सर्वदलीय बैठकमा पनि सहभागी नभएकाले कुनै ठोस निष्कर्ष निस्कन नसकेको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले बताईन । https://youtu.be/7a8Kc7jSbnI उनले एमालेसहित पुन बैठक राखेर सहमति खोज्न सुझाव दिएको बताईन। बैठकमा संसद्मा जारी अवरोध खुलाउनका लागि अधिकतम पहल गर्ने सभामुखले बताएको पौडेलले जानकारी दिईन । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बैठकमा एमाले सहभागी नभएका कारण बिना निष्कर्ष टुंगिएको जानकारी दिए । एमालेसँग फेरी पनि संवादको प्रयास गर्नुपर्ने सुझाव रहेको उनको भनाई छ । https://www.youtube.com/watch?v=tq4yf6MRCWU सभामुखको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै प्रमुख प्रतिपक्षि एमालेले संघीय संसदको अधिवेशन चालू भएदेखि दुवै सदनमा अवरोध गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update