आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत अमेरिकासँगकाे खेलमा नेपाली ओपनर कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नाे पहिलाे अर्धशतक प्रहार गरेका छन्।
२१.३ ओभरमा सन्जय कृष्णमूर्तिकाे बलमा १ रन दिँदै उनले एकदिवसीय करिअरकाे पहिलाे अर्धशतक प्रहार गरेका हुन्। उनले ६७ बल खेलेर २ चाैका र १ छक्का प्रहार गर्दै ५० रन पुरा गरे।
कुशलले अघिल्लो सातामात्र पपुवा न्युगिनीविरुद्दकाे दुई एकदिवसीय सिरिजबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।
ट्वान्टी-२० मा भने डेब्यूमै अर्धशतक प्रहार गरेर सनसनी मच्चाएका उनले गएकाे वैशाखमा काठमाडौंमा भएको ट्राइ नेशन्स सिरिजमा लगातार ३ अर्धशतक प्रहार गरेका थिए।
आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अमेरिकाबिरुद्द नेपाली ओपनर जोडी कुशल भुर्तेल र आशिफ शेखले कीर्तिमानी साझेदारी गरेका छन् ।
२३१ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि भुर्तेलले पहिलो विकेटका लागि आरिफ शेखसँग ६६ रनको साझेदारी गरी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान बनाए।
यसअघि सन् २०१९ मा यूएईविरुद्द कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भन्डारीले ६१ रनको साझेदारीनै नेपालका लागि सर्वाधिक ओपनिङ साझेदारी थियो।
यसअघि अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३० रन बनाएको थियो।
अमेरिकाका लागि माेनांक पटेलको शतकीय पारि खेल्दा निसर्ग पटेलले २१ रनको योगदान गरे। नेपालका लागि नेपालका लागि सन्दीप लामिछाने, बिक्रम सोब र सुशन भारीले समान २–२ विकेट लिँदा सुशन भारीको नाममा एक विकेट रह्यो ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरको स्पेलमा २ ओभर मेडन राख्दै ३५ रन खर्चिएर २ विकेट लिएका थिए । यसैगरी सुशन भारीले १० ओभरको स्पेलमा ३१ रन खर्चिएर २ विकेट लिँदा कुशल मल्ले आफ्नो पुरा स्पेलमा ४५ रन खर्चिएर एक विकेट हात पारे ।
विक्रम सोबले ६ ओभरमा ३३ रन खर्चिएर २ विकेट लिँदा सोमपाल कामीले ९ ओभरमा ४४ रन दिएका थिए । यसैगरी करण केसीले ५ ओभरमा ४१ रन खर्चिएका थिए ।
प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय