हिमाल दैनिक
आजको संसदमा सत्तपक्ष बजेट विधेयक पास तयारीमा, प्रमुख प्रतिपक्ष त्यसलाई रोक्ने(LIVE)
samsad
प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकमा सरकार बजेटकाे प्रतिस्थापन विधेयक पास गर्ने तयारी रहेको छ भने प्रम्मुख प्रतिपक्ष दल नेकपा एमाले भने राेक्ने रणनीतिमा रहेको छ । सरकारले गत शुक्रबार मात्र प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएकाे थियाे । एमालेका सांसदको अवराेधका बीच अर्थमन्त्री जनार्दन शर्माले बजेट ल्याएका थिए । त्यसअघि तत्कालीन अर्थमन्त्री विष्णु पाैडेलले १५ जेठम अध्यादेशमार्फत ल्याएकाे बजेट वर्तमान सरकारले काँटछाँट गरिदिएकाे छ । तत्कालीन सरकारले अध्यादेश मार्फत ल्याएको बजेट ३ साउनमा संसदमा पेश भएको थियो । २५ भदौमा प्रतिस्थापन बजेट ल्याइयो । संसदमा अध्यादेश पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित हुनुपर्छ । अर्थात भदाै ३० भित्र पास गरिसक्नुपर्ने दबाब छ । र, राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । मंगलबारकाे सम्भावित कार्यसूचीमाअर्थमन्त्री शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । तर एमाले हरेक बैठकमा बेल घेर्दै आएकाे छ । आइतबारकाे संसद बैठक पनि एमालेकाे अवराेधका कारण अगाडि बढ्न सकेकाे थिएन । प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद बैठक अवरोध गरिरहेको छ। संसदमा उत्पन्न गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले पहल थालेका छन्। सोमबार सभामुख सापकोटाले सर्वदलीय बैठक पनि राखेका थिए। उक्त बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेका थिए। एमालेले सभामुखको भूमिकाप्रति विरोध गर्दै आएको छ। कारबाही गरेका सांसदको सूची टाँस नगरेको र पार्टी फुटाउन भूमिका खेलेको आरोप एमालेले सभामुख सापकोटामाथि लगाएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update