हिमाल दैनिक
माओवादी केन्द्र तुलना अरूसँग हुन सक्दैन: अध्यक्ष दाहाल
pushpa-kamal-dahal-prachanda
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन प्रणाली र शासकिय स्वरुप लगाएतका बिषयमा रहेको फरक मतलाई अव अघि बढाउनुपर्ने बताएका छन् । बुधबार पोष्टबहादुर बोगटीको ७ औं स्मृति दिवसमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रचण्डले आफुहरुको राखेको फरक मतका लागि संविधान संशोधन गर्दै राष्ट्र र जनता लागि अघि बढ्नुपर्ने बताएका हुन्। नेपालको राष्ट्रिय स्वाधिनताबाहेक संविधानमा रहेका अन्य बिषयलाई संशोधन गर्ने व्यवस्था रहेकाले आवश्यक संशोधन गर्न सकिने बताए । उनले बिकृत बुर्जुवावादी व्यवस्थालाइ परिर्वतन गर्न जरुरी परे सडकमा जानुपर्ने अवस्था आउन सक्ने तर्क गरे । त्यस्तै प्रचण्डले पार्टीमा व्यक्तिगत स्वार्थको निम्ति बढी लगाव देखिने र पार्टीगतभन्दा गुट बनाउनेतिर बढी जाँगर चल्ने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे । उमले पार्टी पुनःनिर्माणको महान अभियानतिर जान खोजेको र अव जनतामा गएर माफी माग्दै नयाँ ढंगले पार्टीलाई अघि बढाउनुपर्ने बेला आएको जिकिर गरे । प्रचण्डले पोष्टबहादुर बोगटीले पार्टीलाई समस्या पर्दा सदैव सहज रुपमा समाधान खोज्ने व्यक्ति भएको स्मरण गरे । त्यस्तै कार्यक्रमका सहभागीहरुले माओवादी आन्दोलनमा स्वर्गीय बोगटीले खेलेको भूमिकाको चर्चा गरेका थिए ।
प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update