कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपालस्थित तिनका परिवारजनका लक्षित गर्दै कामना सेवा विकास बैंकले नयाँ खाता सञ्चालनमा ल्याएको हो ।
बैंकले यस खातामा ७ प्रतिशतको उच्चतम ब्याजदरसहित प्रथम वर्षमा निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सुविधा पनि उपलब्ध गराएको छ ।
अब विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैंकिङ प्रणालीमार्फत नेपालमा आफ्नो परिवारलाई पठाएको पैसा यो खातामा जम्मा गर्न सकिने बैंकले जनाएको छ । यसका साथै यस खातामार्फत खोलिने मुद्दति निक्षेपमा ०.५ प्रतिशत थप ब्याज उपलब्ध गराइने बैंकले जनाएको छ ।
खाता अनलाइन माध्यमबाट पनि खोल्न सकिनेछ बैंकले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय