हिमाल दैनिक
बर्दिया, असोज २
जंगली जनावरलाई मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
धानबालीमा जंगली जनावरले बढी नोक्सानी गर्न थालेपछि जंगली जनावर मार्न राखेको करेन्टकाे पासाेमा परेर ठाकुरबाबा-३, गोदना का ३२ वर्षका बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णका भाउजु ४३ वर्षकी बेलमती थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताए।
शुक्रबार राति १० बजेतिर धान खेतमा लगाईएको करेन्ट पासोमा एक जनालाई करेन्ट लागेको र बचाउने क्रममा अरू दुई जनालाई पनि करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ।
खेतमा पासो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको उपरिक्षक कार्कीले जानकारी दिए ।
धानबालीमा जंगली जनावरहरु जङ्गली हात्ती, बँदेल र जरायो लगायतका वन्यजन्तुले क्षति पुर्‍याउन थालेको भन्दै करेन्ट प्रवाह गर्दा यसअघि करेन्ट लागेर दुई वटा हात्ती र एक जना युवाको ज्यान गएको थियो।
प्रकाशित मिति: शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update