हिमाल दैनिक
निधि भन्छन् : मुलुक संघीयतामा गएपनि केन्द्रीकृत शासन प्रणाली चलिरह्यो(भिडियो)
bimalendra-nidhi
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मुलुक संघीयतामा गइसकेपछि पनि केन्द्रीकृत शासन प्रणाली चलिरहेको बताएका छन् । महेन्द्रनारायण निधि प्रतिष्ठानले आइतबार काठमाडौंमा गरेको वर्तमान राजनीतिक अभ्यास र संविधान’ विषयक कार्यक्रममा निधिले स्थानीय बिकासका लागि पनि सिंहदरबारबाट निर्णय भइरहेको बताउँदै त्यसका लागि राजनीतिक दलहरुको कमजोरी भएको बताए । उनले तत्कालिन अवस्थामा मुलुकलाई निकास दिनका लागि परिस्थितिवश एक थान संविधान बनाएको र अव यसलाई सुधार गर्दै लैजानुपर्ने धारणा राखे । निधिले निर्दलीय संविधान नबनाएको भन्दै नयाँ पुस्तालाई बाटो बनाइदिएको जिकिर गरे । त्यस्तै उपसभापति निधिले संघीयताको मर्म र भावनाअनुसारको व्यवस्था हुनुपर्ने धारणा राखे । उनले सातै प्रदेशमा आआफ्नै प्रहरी हुनुपर्ने बताए ।
प्रकाशित मिति: आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update