हिमाल दैनिक
एमालेको विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमाथि छलफल सुरु
nekpa-emale-uml
नेकपा एमालेले आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा छलफल सुरु गरेको छ । आइतबार ललितपुरस्थीत तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमाथि छलफल भएको र यसलाई सुझाव सहित निष्कर्षमा पुराउन प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । दस्तावेजमाथि सोमबार पुन छलफल हुने र छलफल गरेर आएका सुझावसहितको आधारमा परिमार्जन गरेर केन्द्रीय कमिटी बैठकमा पेश गर्ने भट्टराईले बताए । एमालेले असोजको १५ देखि १७ सम्म विधान महाधिवेशन बोलाएको छ । स्थायी कमिटी सोमबार पुन बस्ने बताइएको छ ।
प्रकाशित मिति: आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update