कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संविधानलाई सर्वस्वीकार्य बनाउदै अघि बढ्नुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा संविधान गतिशिल दस्तावेज भएको भन्दै यसलाई सर्वस्वीकार्य बनाउदै अघि बढ्नुपर्ने बताएका हुन् । उनले संविधानमा जनताको भावनालाई अधिकतम रुपमा समावेश गर्ने बताए । अझै पनि केहि क्षेत्र वर्ग लगायतको अधिकार स्थापीत गर्नका लागि आवाज उठ्ने गरेको भन्दै उनले जनताका जायज मागलाई सम्बोधन गर्नुपर्ने उल्लेख गरे । उनले अव मुलुकलाई स्थीरताका सार्थ आर्थिक बिकासको बाटोमा अघि बढाउनुपर्ने धरणा राखे ।
कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य बर्षमान पुन अनन्तले राजनीतिमा देखिएको बिकृतिलाई नेताहरुले गम्भीर रुपमा दिनुपर्ने धारणा राखे । राजनीतिक नेतृत्व कमजोर हुँदा मुलुक कमजोर हुने भन्दै सवै सच्चिएर अघि बढ्नुपर्ने बताए ।
त्यस्तै पूर्वप्रधानन्याधिशहरुले संविधानमा जनताका भावनाहरुलाई अधिकतम रुपमा समावेश गरेर अघि बढ्नुपर्ने बताएका थिए ।
प्रकाशित मिति: आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्